आजदेखि निषेधाज्ञामा थप कडाइ, मिडिया हाउसको कार्डलाई पनि अंकुश

काठमाडौँ । आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिएको छ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

Advertisement

शनिबार काठमाडौँका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।

उनले शनिबार सडकमा गाडी कम भएपनि बैँक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएकाले आजदेखि थप कडा गर्ने बताए। उनले सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउने समेत जानकारी दिए।

शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडे त्यसलाई होल्ड गरिने पनि उनले बताए ।

शनिवार काठमाडौँको सडकको अवस्था र अस्पतालहरूको अवलोकन गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयरसहित सुरक्षाकर्मीको टोलीले कोराना संक्रमितको उपचारका लागि थप बेड तयार पार्न अस्पतालहरूको पनि अवलोकन गरेको छ।

काठमाडौँको वीर अस्पतालको ५ सय शैयाको नयाँ अस्पताल भवनको अवलोकन गरेको छ। सो अस्पतालमा बेड राखेर तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको पराजुलीले जानकारी दिए।

यस्तै काठमाडौँमा निजी क्षेत्रले चलाएको गोर्खा अस्पतालमा पनि कोभिड वार्ड बनाउनका लागि अवलोकन गरेको उनले बताए ।

अस्पतालहरुमा कोभिडका बिरामीको अत्यधिक चाप परेको र बेड मिलाइदिन भन्दै फोन आउने गरेका कारण बेड थप गर्नका लागि अनुगमन गरेको उनले बताए ।

More News last news
Loading...