काठमाडौँ । नेपालमा कोरोना संक्रमणको अवस्था भयावह स्थितीमा पुग्न थालेको छ। पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
१३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो। योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ।
काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोरोना संक्रमण चिन्ताजनक अवस्थामा पुगेका बेला नेपालमा पनि त्यसको असर देखिन थालेको हो।
कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेको छ। काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा लकडाउन हुने भएपनि सर्वसाधारण जोखिम मोलेर गाउँ फर्किन थालेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
