बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो। त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले जानकारी दिए।

Advertisement

दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई वडा नं १० को सेवा प्रवाह पनि बन्द गरिएको छ।

नगरमा थप चारजनालाई पनि संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा बुधबार ५० जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु काभ्रे, पनौती र धुलिखेलका छन्।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा २४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

१३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो। योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ।

More News last news
Loading...