काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ। भारतमा कोरोना संक्रमण भयावह बन्दै गएपछि नेपालमा पनि त्यसको असर देखिन थालेको हो।
कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले १६ गतेदेखि काठमाडौँ उपत्यका लगातयत विभिन्न स्थानमा निषेधआज्ञाको घोषणा गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
