देशभरका स्कुल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ। यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

Advertisement

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई-मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।

उपत्यकाकामा निशेषज्ञा जारी भइरहेको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा छ । मोरङ, पर्सा, कास्की, दाङ र रुपन्देहीमा पनि संक्रिय संक्रमितको संख्या ५०० बढी छ भने कैलालीमा ४५८ र चितवनमा ४८८ छन् ।

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिनेछ ।

आन्तरिक उडान र अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

More News last news
Loading...