काठमाडौँ । काठमाडौँ उपत्यकामा बैशाख १६ गतेदेखि ७ दिनसम्म सार्वजनिक एवं निजी गाडी चलाउन नपाइने भएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणका लागि वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।
तर, अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छैन।
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दुरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा संचालन गर्न पाइने तीन जिल्लाको निर्णय छ।
सो अवधिभर सार्वजनिक एवं निजी सवारी साधन संचालनमा रोक लगाएको हो । यस्तै यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने तीन जिल्लाको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
