नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५५६ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ४०० पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४४२ जना संक्रमित फेला परेका हुन् ।

Advertisement

त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट ११४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ।

२४ घण्टामा ३७८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ। सोही अवधिमा कोरोनाबाट ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको छ । सक्रिय संक्रमित २२ हजार ४ सय ३४ छन् भने क्वारेन्टाइनमा ६५ जना रहेका छन्।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

त्यस्तै त्रिभुवन विश्विविद्यालयले दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

More News last news
Loading...