काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अत्यावश्यकबाहेक सबै सेवा स्थगित

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ। सोमबारदेखि लागु हुने गरी जिप्रकाले सो सूचना जारी गरेको हो।

कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन्।

Advertisement

केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीको परीक्षण क्रम जारी रहेका कारण सेवाग्राहिमा हुने कोरोना जोखिमलाई मध्यजनर गर्दै एक हप्ताका लागि अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरेको जानकारी गराउँदछौँ, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारतमा कारोना समहामारी उच्च भएसँगै नेपालमा पनि त्यसको जोखिम बढेको छ। नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

सरकारले कोरोनाको जोखिम उच्च रहेको भन्दै सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरेको छ। पछिल्लो १४ घण्टामा मात्रै नेपालमा ३ हजार २ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...