कोरोनाको हटस्पट क्षेत्रमा लकडाउन गर्न प्रधानमन्त्रीलाई सीसीएमसीको सुझाव

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन्।

कोरोना संक्रमणको पछिल्लो अवस्थारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन्। तर हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अवनाउनुपर्ने बताएका हुन्।

Advertisement

ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक गर्न नसके भयावह अवस्था आउने उनीहरुले बताए। बैठकमा सहभागी एकमन्त्री भन्छन्, ‘लकडाउन शब्दले कसैले प्रयोग गर्नु भएको छैन। यसरी नै संक्रमण बढ्ने हो भने त्यो अवस्था पनि आउनसक्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ।

सीसीएमसीका अधिकारीहरुले लामो दुरीको यातायात तत्काल बन्द गर्नुपर्ने बताएका छन्। संक्रामक रोक ऐनअनुसार सोमबार जारी भएको आदेश पूर्ण पालना नभएको तथा परीक्षाका नाममा विद्यालय तथा कलेजहरुमा भिडभाड भएको भन्दै सीसीसएमसीका अधिकारीहरूले त्यसमा पनि कडाई गर्नुपर्ने बताएका छन्।

अन्तराष्ट्रिय सीमा नाका बन्द गर्न नसकिने, तर आवागमनलाई व्यवस्थित गर्नुपर्ने सीसीएमसीका अधिकारीहरूको जोड छ। नेपाली नागरिकहरुलाई चेकजाँच गरेर आउने दिने, विदेशी नागरिकहरुको हकमा भने तत्कालका लागि स्थलमार्गबाट आउन रोक्न सकिने सीसीएमसीका अधिकारीहरुले बताएका छन्।

हवाईमार्गबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्ने सीसीएमसीको प्रस्ताव छ। होल्डिङ सेन्टरहरु यसअघि भन्दा व्यवस्थित हुनुपर्नेमा जोड दिइएको छ।

More News last news
Loading...