परीक्षा आवेदन फारम खुल्ला, यस्तो छ त्रिविको अत्यन्तै जरुरी सूचना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित गरेको छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालको स्नातकोत्तर तह दोस्रो वर्षको वार्षिक परीक्षामा सम्मिलित हुने परीक्षार्थीलाई परीक्षा फारम भर्न सुचित गर्दै सुचना जारी गरेको हो ।

Advertisement

मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका आंशिक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा र प्राइभेट तर्फका आंशिके परीक्षार्थीहरुले परीक्षा फारम भर्न सक्नेछन्।

२०७८ साल वैशाख १० गते देखि खुल्ला गरिएको फारम २०७८ साल जेठ ०९ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन दिन सुचनामा उल्लेख गरिएको छ।

सुचनामा भनिएको छ,‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालकोस्नातकोत्तर तह दोस्रो बर्षको वार्षिक परीक्षामा सम्मिलित हुने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका आंशिक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा र प्राइभेट तर्फका आंशिके परीक्षार्थीहरुले मिति २०७८ साल वैशाख १० गते देखि मिति २०७८ साल जेठ ०९ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

More News last news
Loading...