नेपालमा एकै दिन २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण पुनः बढेको छ। पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २४ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

Advertisement

आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई लाख ९२ हजार एक सय ५२ पुगेको छ। यस्तै थप दुई सय ५२ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७६ हजार तीन सय ४५ जना सङ्क्रमणमुक्त भएका छन्।

यसैबीच कोरोना सङ्क्रमण हुने दर बढ्दो र निको हुने दर घट्दो क्रममा रहँदा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको छ।

आज १२ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै थप पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय १७ पुगेको छ।

भारतमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि नेपालमा पनि त्यसको असर देखिन थालेको छ। सरकारले कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

More News last news
Loading...