कोरोनाको हटस्पट बन्यो काठमाडौँ उपत्यका

काठमाडौँ । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गइरहँदा काठमार्डाैँ उपत्यकामा हटस्पट बनेको छ। काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा १०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। उनका अनुसार काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको छ ।

Advertisement

त्यस्तै देशभर २३५१ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ। मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ। कोरोना संक्रमण दर बढ्दै गएपछि सचेत रहन र भीडभाड क्षेत्रमा नजान सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ।

More News last news
Loading...