एकैदिन थपिए हजार बढी कोरोना संक्रमित, उपत्यकाका स्कुल बन्द गर्न सुझाव

काठमाडौँ । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन्।

संक्रमितमध्ये काठमाडौँ जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ । सक्रिय संक्रमित ६ हजार २ सय ९० छन् भने क्वारेन्टाइनमा ८५ जना रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ० देखि ९ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैक्रममा कोरोना महामारीको जोखिम कम नभएसम्म राजधानीका शैक्षिक संस्था बन्द गर्न उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले सुझाव दिएका छन् ।

कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रजिअहरुले महामारीबाट विद्यालय तहका छात्रछात्रामा संक्रमण फैलिन थालेकोले अर्को निर्णय नभएसम्म सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका हुन् ।

More News last news
Loading...