काठमाडौँ । काठमाडौँ उपत्यका र बाँके कारोना भाइरस संक्रमणको हटस्पट बनेको छ। पछिल्लो २४ घण्टामा ९०० जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन्।
काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ। बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै मोरङमा २० जना, धनुषामा १० जना, पर्सामा ३० जना, चितवनमा २२ जना, कास्कीमा ४६ जना, दाङमा २१ जना, रुपन्देहीमा ४३ जना र कैलालीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ । यही अवधिमा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
