काठमाडौँ । प्रदेश सरकारबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने तयारी भईरहेको बेला उक्त प्रस्ताव छल्नलाई गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध सम्भवतः बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी विपक्षी दलहरुले गरेपछि त्यसलाई छल्न रातारात अधिवेशन अन्त्य गरिएको हो।
सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन्। अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ।
अधिवेशन अन्त्यको पत्रमा वैशाख १ गते उल्लेख गरिएको भएपनि आज मात्र उक्त पत्र सार्बजनिक गरिएको छ। नेपाली काँग्रेसको अगुवाइमा माओवादीसहितका दलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको थियो।
विपक्षीहरुको काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेका थिए ।
मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो। तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएपछि मुख्यमन्त्री गुरुङ अप्ठ्यारोमा पारेपछि तत्कालबा लागि संकट टार्नलाई मुख्यमन्त्री यसरी हतारिएको स्रोतले जनाएको छ।
गण्डकी प्रदेशको यो अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो। र, ६ वैशाखका लागि अर्को बैठक तोकिएको थियो । तर हिजैराती १२ बजेबाट अधिवेशन गरेको पत्र एकाएक बाहिरियो।
यता, प्रदेशसभा बैठक बोलाउनका लागि समावेदन दिन विपक्षी तीन दल छलफलमा जुटेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
