कोरोना बढेसँगै सीसीएमसीले गर्‍यो विद्यालय बन्दसम्बन्धी यस्तो निर्णय

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्ष निकाल्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ।

कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरिएको हो।

Advertisement

यद्यपी विद्यालय बन्द भएपनि अनलाइन माध्यमबाट पठनपाठन सन्चालन मिलाइने सीसीएमसीले भनेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट पठाउने गरी निर्णय गर्न सीसीएमसीमा सिफारिस गरेको थियो ।

बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील पनि गरेको छ ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए ।

यसबाहेक जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसबाहेक कुनैपनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि बरालले बताए।

More News last news
Loading...