‘सूचना प्रविधि विधेयक संसद्मा पेश गर्नु प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने षड्यन्त्र’

काठमाडौँ । विवादित सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश गर्ने प्रयासप्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद्मा रहेका दलहरुबीच तीव्र ध्रुविकरण र मतभेद भएको अवस्थामा विधेयक पेश गर्ने प्रयासप्रति ध्यानाकर्षण भएको जनाएको हो।

Advertisement

स‌ंघका सचिव डिल्लीप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्माणको चरणमै तीव्र मतभेद रहेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु रहेको विधेयकमा रहेका वाक तथा प्रेस स्तन्त्रता विरोधी प्रावधान शंसोधन नभई यो विधेयक स्वीकार गर्न नसकिने जानकारी गराउन चाहन्छौँ।’

अनेक वहानामा प्रेस तथा वाक स्वतन्त्रतामाथि प्रहार गर्ने सरकारको षड्यन्त्र असफल बनाउन संघले सरोकारवाला निकाय र प्रतिनिधिसभाका सांसदहरुलाई आह्वान गरेको छ।

यस्तो छ संघको विज्ञप्ति

More News last news
Loading...