ओलीकै गृहजिल्लामा प्रेस चौतारी पत्तासाफ, युनियनको संयुक्त प्यानल विजयी

झापा । नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले बर्चस्व कायम गरेको छ। नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो।

अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन्। प्रेस युनियनका गिरीले १५५ मत ल्याए। उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे भने नेपाल-खनाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत ल्याए।

Advertisement

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन्।

संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन्। उनका प्रतिद्वन्द्वी ओेली निकट प्रेस चौतारीका सावित्रा दाहालले १०७ मत ल्याइन्।

सचिवमा संयुक्त प्यानलका डिकेश लामा १२८ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल–खनाल निकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ र स्वतन्त्र उम्मेदवार प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन्।

खुला सहसचिवमा संयुक्त प्यानलका राजु पाठक १५५ मत ल्याई निर्वाचित भएका छन् । पाठकले ओली निकट प्रेस चौतारीका विनोद सापकोटालाई ६३ मतले पराजित गरेका छन्।

समावेशी सहसचिवमा संयुक्त प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याएका छन्।

कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाईं १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन्।

सदस्य पदमा संयुक्त प्यानलका मधेसी सदस्य पदका उम्मेदवार सन्तोष शर्मा र महिला सदस्य स्वस्तिका आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

दलित सदस्य पदमा १४० मतसहित संयुक्त प्यानलका रञ्जित परियार विजयी भए भने उनका प्रतिद्वन्दी किशोर उपरकोटीले ९८ मत प्राप्त गरे। खुला सदस्यहरूमा चिरञ्जीवी घिमिरे, द्रोण अधिकारी, मनिषा चम्लागाई, विनोद पाण्डे (कमल), शुष्मा राजवंशी र होमप्रकाश अधिकारी विजयी भएका छन्।

ओली निकट प्रेस चौतारीबाट विजयी हुनेहरुमा आदिबासी÷जनजाति सदस्य राजन साम्पाङ र खुला सदस्य अच्युतराज सुबेदी, अनिल वाग्ले र सुनिरा मैनाली छन् । २६३ मतदाता रहेको झापामा २५६ मत खसेको थियो । केन्द्रीय समिति र प्रदेश समितिको भने मतगणना हुन बाँकी छ।

More News last news
Loading...