गोरखा । गोरखाको धार्चे गाउँपालिकाले नयाँ वर्ष २०७८ को अवसरमा कर्मचारीहरुलाई थप तीन दिन भ्रमण बिदा दिने निर्णय भएको छ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले आफ्ना कर्मचारीहरूलाई नयाँ वर्षमा थप तीन दिन दिने भएको हो।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ वर्षमा कर्मचारीहरुलाई गाउँपालिकाका विभिन्न क्षेत्रमा भ्रमण गर्नका लागि बिदा दिएको गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङले जानकारी दिइन्।
गुरुङका अनुसार भ्रमणमा जाने कर्मचारीले भ्रमण पश्चात फर्किएर तस्वीर सहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै उक्त बिदा स्वीकृति हुने छ।
कर्मचारीहरूलाई गाउँपालिकाको बारेमा बुझ्न पनि सजिलो हुने र सरुवा भएर अन्यत्र गएपछि गाउँपालिकाको पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार हुने गाउँपालिकाले विश्वास लिएको छ।
यसअघि संघीय सरकाले पनि कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव राखेको थियो। तर यसबारे अझै निर्णय भने भएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
