काठमाडौँ । केही दिनअघि खतराको तहभन्दा २ गुणा बढी पुगेको काठमाडौँको वायु बीचमा पानी परेका कारण सामान्यतया सफा भएपनि फेरि प्रदुषित बन्दै गएको छ।
गत पुस २१ मा उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६ सय ७ पुगेको र खतराको तहभन्दा २ गुणा बढी रहेको मौसमविद्हरुले बताएका थिए। भौगोलिक बनावटका कारण पुसदेखि नै काठमाडौं उपत्यकाको वायु बढी प्रभावित भइरहे पनि पछिल्लो एक सातादेखि तराईका विभिन्न क्षेत्रमा प्रदूषणको लेभल उच्च बिन्दुमा पुगेको हो।
नेपालका विभिन्न भागमा वायू प्रदूषण बढेसँगै काठमाडौँ त झन संसारकै धेरै वायु प्रदूषण भएको सहरको सूचीमा पुनः पहिलो नम्बरमा पुगेको छ। उसो तपुसदेखि हालसम्म देशभरि नै वायु प्रदूषणको मात्रा बढिरहेको छ।
मौसमविद्हरूका अनुसार प्रि–मनसुनको समय भइसके पनि पश्चिमी वायुको प्रभाव यो वर्ष न्यून रहेकाले प्रदूषणको मात्रा घट्नुको साटो उकालो लागिरहेको हो। सुख्खा हिउँद, अत्यधिक डढेलो र पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषण सञ्चित भएर बस्दा अत्यधिक वायु प्रदूषण भएको उनीहरु बताउँछन्।
मौसमविद् ऋषिराम शर्मा सामान्यतयाः हेर्दा प्रदूषणको समस्या क्षणिक देखिए पनि दीर्घकालीन समस्या भएको बताउन हुन्छ। यही ट्रेन्डमा विकास र विनाश भइरहने हो भने केही समयपश्चात् हिउँदको समयमा काठमाडौँ वायु प्रदूषणका कारण बस्नलायक ठाउँ नरहने शर्माको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
