काठमाडौँ । मंगलबारदेखि बन्द रहेका शैक्षिक संस्था आजदेखि पुनः सञ्चालनमा आउने भएका छन्। वायु प्रदुषणका कारण बन्द रहेका शैक्षिक संस्थामा आइतबारदेखि नियमित पठनपाठन शुरु हुने भएको हो।
धेरै दिनदेखि प्रदुषण बढेसँगै बन्द रहेका विद्यालय वातावरणमा सुधार आएको भन्दै नियमित गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ।
सरकारले गत मंगलबारबाट चार दिनका लागि देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयपछि क्याम्पसस्तरका परीक्षाबाहेकका सबै पढाइ रोकिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
