राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची पानी वितरणको औपचारिक सुरुवात

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन्।

भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन्।

Advertisement

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खानेपानी वितरणको औपचारिक सुरुआत गरेकी हुन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएका थिए।

यसअघि आयोजनाले २३ गते सोमबार उद्घाटन गर्ने भने पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखेको हो । काठमाडौँमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण सुरु भइसकेको छ ।

यी ठाउँमा पानी बितरण सुरु

अहिलेसम्म काठमाडौँको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भएको छ।

यसैबीच, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ।

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण गरिएको छ।

More News last news
Loading...