बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर, यस्ता लक्षणलाई कसैले पनि नगर्नुहोस् वेवास्ता

काठमाडौँ । बलिउड अभिनेत्री तथा बीजेपी सांसद् किरण खेरलाई ब्लड क्यान्सरको समस्या देखिएको छ। उपचारका लागि उनलाई मुंबईको अस्पतालमा भर्ना गरिएको छ।

ब्लड क्यान्सर एक यस्तो रोग हो, जसले हाम्रो ब्लड सेल्सको फक्शन र प्रोडक्शन प्रक्रियालाई प्रभावित बनाउने काम गर्छ। आउनुहोस् जानौँ ब्लड क्यान्सरको कारण र सुरुवात लक्षणका बारेमा । जुन लक्षणलाई जो कोहीले भूलेर पनि वेवास्ता गर्न हुँदैन्।

Advertisement

ब्लड क्यान्सर ३ प्रकारका

ल्यूकेमियाः यसमा अस्थि मज्जाभित्र असामान्य रक्त कोशिका तिब्र रुपमा बढ्न थाल्छन्। यो असामान्य ब्लड सेल्सले शरीरमा रेड ब्लड सेल्स र प्लेटलेट्सलाई प्रभावित पार्ने काम गर्छ।

लिम्फोमाः लिम्फोमा ब्लड क्यान्सरको दोस्रो प्रकार हो। यस प्रकारको ब्लड क्यान्सरले हाम्रो लिम्फैटिक सिस्टम खराब गर्ने काम गर्छ। जसले शरीरबाट अतिरिक्त फ्लूड बाहिर निकाल्ने र इम्युन सिस्टम प्रोड्युस गर्ने काम गर्छ। लिम्फोसाइट्स एक प्रकारको व्हाइट सेल्स हो । जसले शरीरका इन्फेक्सनसँग लड्ने काम गर्छन्।

मायलोमाः यस प्रकारको ब्लड क्यान्सरले हाम्रो शरीरको प्लाज्मा सेल्समाथि नराम्रो असर पार्ने काम गर्छ। यो एक व्हाइट ब्लड सेल्स हो । जसले शरीरमा रोगसँग लड्ने एन्टिबडी उत्पादन गर्ने काम गर्छ। मयलोमाले प्लाज्मा सेल्सलाई प्रभावि पार्ने काम गर्छ। जसका कारण हाम्रो शरीरको इम्युनिटी सिस्टम कमजोर हुने गर्छ।

ब्लड क्यान्सरले हाम्रो रगत, अस्थिमज्जा र लिम्फेटिक सिस्टममाथि नराम्रो असर गर्छ। ब्लड क्यान्सरमा सामान्यतः केही कमन लक्षण देखिने गर्छन्। शरीरमा कमजोरी, थकावट, वेचैनी यसका लक्षण हुनसक्छन्। यस बाहेक श्वास लिन समास्या पनि हुनसक्छ।

रातमा पसिना आउनु पनि ब्लड क्यान्सरको पूर्व संकेत हुनसक्छ। अचानक तिब्र रुपमा वजन घट्नु, लगातार वान्ता हुनु, ज्वोरो आउनु, रिकरेंट इनफेक्सन तथा एनोरेक्सिया जस्ता लक्षण पनि ब्लड क्यान्सरको समस्यामा देखिने गर्छन्।

पेट छाम्दा गाँठो देखिनु, कमरमा पीडा हुनु, पेट तथा हड्डीमा पीडा हुनु पनि ब्लड क्यान्सरको लक्षण हुनसक्छ। यस्ता लक्षण देखिए तुरुन्त डाक्टरको सल्लाह हुनु वुद्धिमानी हुन्छ।

More News last news
Loading...