मन्त्रीस्तरीय बिमस्टेक बैठक आज

काठमाडौँ । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक) को मन्त्रीस्तरीय बैठक आज बस्ने भएको छ।

सो बैठकको पूर्वाद्र्धमा बुधबार तयारी बैठक बसेको छ। बैठक अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको हो।

Advertisement

मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ। नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्ने कार्यक्रम रहेको छ। उनीसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहनेछन्।

भर्चुअल रूपमा बसेको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन्।

बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

More News last news
Loading...