सिमकोट, हुम्ला । आगमी चैत २५ गते हुने नेपाल पत्रकार महासंघको कर्णाली प्रदेशबाट तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा खडा भएका छन् । ऐडीले चैत्र १४ गते नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
कर्णाली प्रदेशबाट सम्पूर्ण जिल्ला गरि ८७९ जना नेपाल पत्रकार महासंघको सदस्य रहेका छन् । पत्रकार ऐडी विगत एक दशकयता नेपालको व्यवसायिक पत्रकारिता गर्दै आएका युवा पत्रकारको रुपमा परिचित छन् ।
जनमञ्च साप्ताहिकमा २०६६ सालबाट पत्रकारीता सुरु गरेका ऐडीले साविकको कणालीको पहिलो मासिक पत्रिका हिनगर सञ्चालन गरेका थिए । हाल उनी तारकेश्वर आवाजमा सम्पादकको रुपमा कार्यरत छन् ।
पत्रकारिता पेशालाई वौद्धिकका साथै व्यवसायिक पेशाको रुपमा हेरिनुपर्ने पत्रकार ऐडीको धारणा रहेको छ । पत्रकारिता अर्थात आमसञ्चार जगत उद्योगको रुपमा स्थापित हुन आवश्यक छ भन्ने मुल कुरालाई पत्रकार ऐडीले जोड दिंदै आएका छन् । पत्रकारिता क्षेत्रले आम नागरिक र राज्य वीच पुलको सम्वाह बन्नुपर्छ भन्ने पत्रकार ऐडीको मुख्य ऐजेण्डा छ।
अध्यक्षमा ५ जनाको उम्मेदवारी
नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति, २०७७ का अनुसार अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उम्मेद्वारी दर्ता गराएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालको उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्ष महिलातर्फ दाना सुवेदी र बाला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै समावेशीतर्फको उपाध्यक्ष पदका लागि अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोले उम्मेदवारी दिएका छन्। त्यस्तै महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोसन पुरी र सुवोध गौतमको उम्मेदवारी परेको छ।
यस्तो छ केन्द्रीय समितिका उमेदवारहरुको नामावली
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
