पत्रकार जीवन भण्डारी सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौँ । राष्ट्रिय समाचार समितिका उपसम्पादक तथा नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारी यस बर्षको सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।

रिपोर्टर्स क्लव नेपालको २३ औँ बार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र क्लवका ऋषि धमलाले उनलाई संयुक्त रुपमा पुरस्कृत गरेका हुन्।

Advertisement

झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशिल भण्डारी अहिले अनलाईन टीभी पत्रकार संघको संस्थापक अध्यक्ष समेत हुन्। पत्रकारिता तथा आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएका भण्डारीले कानुन संकायमा स्नातक गरेका छन्।

पत्रकारिता अध्यापन कार्यमा समेत संलग्न रहेका भण्डारी सञ्चारकर्मीहरुको अन्तर्राट्रिय संस्था युनिमीको नेपाल च्याप्टरको महासचिव, पाल्पाली संगमको सचिव, विनय कसजु स्मृति प्रतिष्ठानको संस्थापक सचिव र विभिन्न संघ सस्थाको प्रेस सल्लाहकारको रुपमा सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ।

काठमाडौमा नेपाल एफएम नेटवर्कमा सिफ्ट इन्चार्जको जिम्मेबारी सहित समाचार शाखामा नेतृत्वदायी भूमिका खेल्नु भएका भण्डारीले रेडियो आँधिखोलाको स्टेशन म्यानेजर हुदै नेपालवाणी नेटवर्क र नेपाली रेडियो नेटवर्क स्थापना गरे । उनले यसअघि पनि दर्जनौ पुरस्कार तथा सम्मानपत्रहरु प्राप्त गरिसकेका छन्।

More News last news
Loading...