बन्दुक बोकेर के गर्दै छन् पूर्वमन्त्री गुप्ता ? भाइरल भयो तस्बिर

काठमाडौँ । पूर्वमन्त्री जयप्रकाश गुप्ताले बन्दुक बोकेको तस्विर सेयर गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने गुप्ता पछिल्लो समय गृहजिल्ला सप्तरीमै व्यस्त छन्।

उनले ट्विटरमार्फत बन्दुक बोकेको तस्विर सार्वजनिक गर्दै लेखेका छन्–‘आनन्दका लागि पच्छ्याउदै छ जीवन‘आज प्रातः को यायावरी ।’

Advertisement

पछिल्लो समय पूर्वमन्त्री तथा मधेशवादी नेता जयप्रकाश गुप्ता तरकारी तथा फलफूल खेतीमा व्यस्त छन्। गृहजिल्ला सप्तरीको धरमपुरमा गुप्ताले तरकारी र फलफूल खेती गरेका हुन्। भष्ट्राचारको आरोपमा गुप्ताले कैद भुक्तान समेत गरिसकेका छन्।

गुप्ता मधेशी जनधिकार फोरम परित्याग गरी नयाँ मधेशी शक्ति बनाउने अभियानमा समेत रहेका छन् । गुप्ताले भनेका छन् ‘मेरो सुन्दरी फर्ममा कन्दमूल तरकारी लगाउन थालेको छु, अंगुर मज्जाले फल्यो, लिची पनि त्यसरी नै फल्यो तर आँप भने यसपटक थोरै फल्यो बेचेरै सिध्याइसके।’ गुप्ताले भने ।

अदालतको बयानमा सम्पतिको स्रोत आँप खेती भएको गुप्ताले बताएका थिए । गुप्ता लेख्छन् ‘आपको रुखमुनि धान फल्छर ? भनेर अज्ञानीहरुले भने पनि मैले आपमुनि मज्जाले बेसार फलाएको छु।’

सप्तरीको कृषि कार्यालयको आग्रहमा जेपी गुप्ताले ६० रुपैयाँका दरले बेसारको बिउ बेचेको बताए । पोखरीमा माछा समेत हुर्कदै गरेको समेत उनले बताए । मरिच खेती फस्टाउँदै गरेको र अव बेमौसमी तरकारी खेती गर्ने गुप्ताले उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतले सार्वजनिक पदमा हुँदा पदीय दुरुपयोग गरी गुप्ताले ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै त्यति नै विगो गुप्ताबाट भराउन माग गर्दै उनलाई डेढ वर्ष कैद हुने फैसला सुनाएको थियो । उनी जेल मुक्त भएसँगै आफ्नै गृह जिल्लामा गएर तरकारी खेती गर्न सुरु गरेका हुन् ।

 

More News last news
Loading...