कोरोनाको जोखिम बढेसँगै एक जिल्लामा अनिश्चितकालिन लकडाउन घोषणा

काठमाडौँ । भारतमा कोरोनाको दोस्रो लहर ह्वात्तै बढेसँगै नेपालमा पनि यसको असर प्रत्यक्ष रुपमा देखिएको छ।

सीमावर्ती क्षेत्रमा कोरोना बढेसँगै पश्चिम नेपालको बाजुरा जिल्लामा अनिश्चितकालीन लकडाउन घोषणा भएको छ । भारतमा कोरोना महामारी बढेसँगै नेपालका जिल्ला भित्रिनेको संख्या बढेका कारण लकडाउन गरिएको बतार्ईएको छ।

Advertisement

गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय, बाजुराले गएराति १२ बजेबाट लकडाउन लागु गरेको हो।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय समेतको आधारमा रही स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा सङ्क्रमण रोग ऐन २०२० दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी निषेधाज्ञा जारी गरिएको प्रमूख जिल्ला अधिकारी कृष्ण गैरेले नयाँ पुस्तालाई बताए ।

यस्तै, लकडाउन अवज्ञा गरेको पाइएमा सङ्क्रमण रोग ऐन २०२० को अनुसार कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ।

यता संघीय सरकारले पनि देशभर बेलुका ९ बजेपछि व्यापार व्यवसाय बन्द गर्न आग्रह गर्दै राजधानी काठमाडौँ उपत्यकामा बिना माक्स बाहिन ननिस्कन आग्रह गरेको छ ।

पछिल्ला केही दिनदेखि नेपालमा कोरोना संक्रमण दर बढ्न थालेको छ । भने शनिबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ ।

More News last news
Loading...