पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको ज्यान गयो, ८५ सङ्क्रमित थपिए

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ।

तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यस्तै, पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७६ हजार सात सय ५० पुगेको छ।

यस्तै, थप ९३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३५ पुगेको छ। अहिले नेपालमा १२ सय ८८ जना सक्रिय सङ्क्रमित रहेका छन्।

गत २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत पुगेको छ।

More News last news
Loading...