काँग्रेसले इमान्दार र निष्ठावान् नेता गुमायो : सभापति देउवा

काठमाडौँ । काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनबाट काँग्रेसले इमान्दार र निष्ठावान् नेता गुमाएको बताएका छन्।

‘नेपाली काँग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु’, देउवाले फेसबुकमा लेखेका छन्, ‘जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ।’ सभापति शेरबहादुर देउवाले उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

Advertisement

त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माले नेता नवीन्द्रराज जोशीको निधनबाट देशले असल र कुशल नेता गुमाएको बताएका छन्। ‘तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा। देशले आज एक असल र कुशल नेता गुमाउनु परेको छ’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्।

नेता जोशीको नर्भिक अस्पतालमा शुक्रबार राति निधन भएको अस्पतालले जनाएको छ। उपचारमा संलग्न चिकित्सक राजीव झाले शुक्रबार ८:३० बजे जोशीको निधन भएको जानकारी दिए । फागुन १४ गते जोशीलाई मष्तिष्कघात भएको थियो।

२०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका जोशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जोशीका श्रीमती र एक छोरी छन्।

More News last news
Loading...