नेपाल र रावललाई कारबाही गर्ने प्रधानमन्त्रीको उद्घोष, ‘स्पष्टीकरण स्पष्ट आएन’

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ। आजको बैठकमा नेपाल र खनाल समूहका सांसदहरुको पनि उपस्थिति थियो। तर, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष डा. भीम बहादुर रावल भने अनुपस्थित् भएका छन्।

आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले यसअघि चार जना नेतालाई सोधिएको स्पष्टीकरणपत्रको सवालमा पनि चर्चा गरेका थिए।

Advertisement

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरणपत्रको जवाफ हेर्दा कारबाहीयोग्य रहेको कुरा बताएको सुनाए।

उनले नेता नेपाल र रावलको स्पष्टीकरण कारबाहीको भागिदार छ भनेर प्रधानमन्त्री ओलीले प्रष्टसँग त्यो कुरा उल्लेख गरेका थिए।

त्यस्तै, अब घनश्याम भुषाल र सुरेन्द्र पाण्डेको स्पष्टीकरण चाहीँ पार्टी एकतालाई मद्दत पुग्ने खालको आउने कुरामा आशा व्यक्त गरेका थिए।

आजको बैठकमा प्रधानमन्त्री ओलीले गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठक र चैत्र ५ र ७ गतेको संसदीय दलको बैठकले गरेका निर्णय कुनैपनि हालतमा फिर्ता नहुने प्रष्ट पारेका थिए।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भनाई उदृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन्। तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन।’

More News last news
Loading...