प्रदेश-१ का मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् पुनर्गठन,आजै शपथ ग्रहण

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले केही मन्त्रीलाई बर्खास्त गरेका थिए भने केहीले राजीनामा गरेका थिए।

माओवादीबाट हालै एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मा दिएका छन् भने उषाकला राई सामाजिक विकास मन्त्री बनेकी छिन्। यस्तै अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र राम राना कृषि मन्त्री बनेका छन्।

Advertisement

कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् । मन्त्रीहरूको शपथ दिउँसो १ बजेका लागि तय भएको नवनियुक्त मन्त्री राईले जानकारी दिइन्।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै राईविरुद्ध अविश्वासको प्रस्तावमार्फत हटाउने कोशिश गरेका थिए।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई अवैध ठहर गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि मुख्यमन्त्री राई एकल बहुमतप्राप्त मुख्यमन्त्री बनेका छन्।

More News last news
Loading...