त्रिदेशीय फुटबलः आज नेपाल र किर्गिस्तान भिड्दै

काठमाडौँ । त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ। अस्ति मंगलवार भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो।

प्रतियोगिताका लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्। नेपाली टोलीमा नवयुग श्रेष्ठ परेका छैनन्।

Advertisement

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रञ्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ छन्।

मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल र रवि शंकर पासवान परेका छन्।

फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ,अभिषेक रिजाल र भरत खवास रहेका छन् । नेपालले आउँदो शनिवार बंगलादेशसँग खेल्दैछ।

यसैबीच, प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ।

More News last news
Loading...