काँग्रेसले चैत २० गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। काँग्रेसले आगामी चैत २० गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो।

काँग्रेसको आगामी १४ औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसबारे छलफल गर्न बैठक बोलाउने निर्णय गरेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Advertisement

बैठकमा महाधिवेशनकै विषयमा कुराकानी हुने बताइएको छ। मंगलबार भएको काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले तत्काल ओली नेतृत्वको सरकारको विकल्प खोज्न नहुने निस्कर्ष निकालेको थियो।

More News last news
Loading...