चैत १५ र १६ गते सार्वजनिक बिदा !

काठमाडौँ । यहि चैत्र १५ र १६ गते सार्वजनिक बिदा हुने भएको छ । फागूपूर्णिमाको अवसर पारेर चैत १५ गतेका दिन हिमाली र पहाडी लगायतका ५६ जिल्लामा र चैत १६ गते तराईका जिल्लाहरुमा सार्वजनिक बिदा हुने भएको हो। सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा नै उक्त दिन बिदा दिने उल्लेख गरेको छ।

होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो। हिन्दू संस्कृति अनुसार यसको इतिहाँस त्रेता युग सँग जोडिएको छ।

Advertisement

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ।

यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ। होली रङ्गहरूको चाड हो। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन्।

होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ। होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ।

More News last news
Loading...