पूर्वमन्त्री बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिएसँगै पत्रकारहरु माझ चुनावी चहलपहल गरमागरम रुपमा चलिरहेको छ।

निर्वाचन नजिकिदै गर्दा पत्रकारहरुबीच सभा र भेटवार्ता जारी छ तर यो चुनावी माहोलकै समयमा पूर्व मन्त्री तथा गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै समाचारले पनि चर्चा पाएको छ।

Advertisement

सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो।

बास्कोटा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत हुन्। ७० करोड भ्रष्टाचार काण्डको अडियो सार्वजनिक भएपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए।

बास्कोटाको नाम मदतादा सूचीको दोस्रो नम्बरमै छ। एमाले अध्यक्ष केपी ओली निकट पूर्वमन्त्री बास्कोटाको नाम पनि महासंघको मतदाता सूचीमा देखिएपछि पत्रकारहरुमाझ यो विषयमा चर्चा सुरु भएको हो।

More News last news
Loading...