पढाइमा दख्खल विद्यार्थी सम्झना केसीको बस दुर्घटनामा ज्यान गयो

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको बस दुर्घटना हुँदा तुलसीपुर १६ गणेशपुर निवासी १८ बर्षीय सम्झना केसीको ज्यान गएको छ।

कक्षा ११ मा कम्प्युटर साईन्स पढ्ने उनी दख्खल विद्यार्थी थिइन्। उनको घटनास्थलबाट उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

Advertisement

बसमा २९ जना विद्यार्थी थिए। ति मध्ये २८ जना घाईते भएका हुन्। घाईते मध्ये पाँचजनाको कोहलपुरमा उपचार भइरहेको छ। उनीहरुको अबस्था सामान्य छ। मंगलबार बिहान साढे ५ बजेतिर बस दुर्घटना भएको हो।

दुर्घटनामा परेको बस विजौरी, कोठेरीलगायतका विद्यार्थीहलाई ल्याउन गएको थियो। बसमा कक्षा ११, १२ र ब्याचलर लेभलका विद्यार्थीहरु थिए।

More News last news
Loading...