काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको घरमा स्पष्टीकरण पत्र पठाइएको छ। नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधिएको हो।
एमालेका पार्टी कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार चारै जना नेतालाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।
शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
एमालेमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समुहबीच जुँगाको लडाइँ चर्किदै जाँदा पार्टी नै दुई खेमामा बाँडिएको छ ।
ओली समुहले एक पक्षीय रुपमा आफ्ना कार्यकर्तालाई विभिन्न पार्टीका कमिटीमा नियुक्त गर्दै आएको छ भने नेपाल–खनाल पक्षीय नेताहरुलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
