काँग्रेस पदाधिकारी बैठक भोलि बस्दै, सरकार गठनबारे निर्णय हुने !

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।

पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टीको महाधिवेशनमा केन्द्रित रहेर छलफल गर्न लागिएको नेताहरुले जनाएका छन्। बैठक दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाईएको छ।

Advertisement

पौडेलपक्षको भेला आजै सकियो

आजमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको छुट्टै बैठक बोलाएका थिए। पौडेल निवासमा नेताहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए।

पछिल्लो समय काँग्रेसभित्र संसद् विघटन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली नतृत्वको सरकारलाई बर्खास्त गरेर काँग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्नेमा एकमत देखिन्छ ।

भोलि बस्ने पदाधिकारी बैठकले यसबारेमा पनि निर्णय गर्नसक्ने सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ ।

More News last news
Loading...