ओली र माधव नेपालबीचको छलफल सकियो, निष्कर्ष आउन सकेन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बैठक सकिएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीमा देखिएका समस्याका विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको उपाध्यक्ष भीम रावलले। जानकारी दिए ।

Advertisement

बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय भेला स्थगित गर्न आग्रह गरे पनि नेपाल समूहले भने आफ्ना पूर्ववत् कार्यक्रम यथावत् रहने अडान राखेका छन्।

माधव नेपाल पक्षले अध्यक्ष अ‍ोलीले फागुन २८ गते गरेका पदाधिकारी खारेज गर्ने र विभिन्न प्रदेश तथा सङ्गठनमा नयाँ नियुक्त गरेका निर्णय तत्कालै फिर्ता लिन माग गरेको छ। त्यसमा छलफल गर्न सकिने अध्यक्ष ओलीले आश्वासन दिएका छन्।

आफूहरूले पार्टी एकताबद्ध भएर अघि बढाउन चाहेको तर ओली पक्षले त्यसतर्फ ध्यान नदिएको र सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा फर्कन नमानेको रावलको भनाइ छ ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीले भोलि (मङ्गलवार) का लागि बोलाएको कार्यकर्ता भेला र चियापान समारोह तथा केन्द्रीय कमिटीको बैठकसमेत स्थगित गर्न नेपाल समूहले माग गरेको छ।

‘पहिले २८ गतेको निर्णय स्थगित गर्नुहोस्, त्यसपछि साझा रूपमा केन्द्रीय कमिटीको बैठक बोलाऔँ, तपाईँहरूले एकलौटी रूपमा गरेका निर्णय स्थगित गर्नुभयो भने हामीले पनि हाम्रो तर्फबाट गर्ने भनिएका कार्यक्रम स्थगित गर्छौँ भनेका छौँ’, रावलले भने ।

More News last news
Loading...