काठमाडौँ । नयाँ सत्ता समीकरणमा सहमति जुटाउन नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको त्रिपक्षीय बैठक आज बस्दैछ।
तीन दलबीच एक आपसमा पटक–पटक छलफल भएपनि सत्ता सहकार्यकै लागि पहिलो पटक त्रिपक्षीय बैठक बस्न लागेको हो। आजको बैठकले भावी प्रधानमन्त्रीबारे सहमति जुटाउने काँग्रेस नेताहरुले बताएका छन्।
प्रमुख प्रतिपक्षी दल काँग्रेसभित्र सरकारमा जानुहुन्न भन्ने मत मत्थर भइसकेको छ । काँग्रेसकै संस्थापन इतर समूहले नेतृत्वका लागि अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई सहमति दिइसकेको छ।
सरकारको नेतृत्वको विषयमा काँग्रेस एकमत देखिएको र अंक गणितका हिसाबले पनि ठूलो रहेकाले काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने सम्भावना बलियो रहेको देउवानिकट नेताहरुको बुझाई छ।
माओवादी केन्द्रले जुनसुकै शर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने बताउँदै आएको छ। जसपाले पनि नयाँ सरकारबारे एकमत बनाईसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
