काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । आजको बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभुत मान्यताबारे सबै दलहरुसँग उच्च तहमा सम्वाद गर्ने निर्णय गरेको छ।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनाएअनुसार अब पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक आगामी चैत्र ५ गते बस्ने छ।
भट्टराईले पदाधिकारी बैठकका निर्णयबारे जानकारी दिँदै लेखेका छन्–’जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ। साथै पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवस्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको छ।’
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारमा केही सर्त राखेर जनता समाजवादी पार्टी सामेल हुन लागेको चर्चा चलेको थियो । आजको सो पार्टीको बैठकले उक्त चर्चालाई निस्तेज पारेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
