शिवरात्रीका अवसरमा तनहुँको शुक्लागण्डकीमा मैत्रीपुर्ण फुटबल

तनहुँ । महाशिवरात्रीको अवसरमा नेपाल तरुण दल शुक्लागण्डकी तनहुँले नेपाल विद्यार्थी संघ शुनपा र तरुण दल शुनपाबीचमैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ।

कार्यक्रमको नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष नेपाली काँग्रेसका युवा नेता चुणामणी खनालले उद्घाटन गर्दै चाडपर्वमा गरिने यस्ता प्रतियोगिताले स्थानीय स्तरमा थप आत्मीयता वढ्ने विश्वास व्यक्त गरे ।

Advertisement

कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता जिल्ला सदस्य भक्त श्रेष्ठ, ट्रेड युनियन शुक्लागण्डकीका सभापति नारायण पोख्रेल, स्थानीय नेता राम पाठक लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

नेपाल तरुण दल शुक्लागण्डकीको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व शुनपा तरुण दलका अध्यक्ष सिद्धान्त क्षेत्रीले गरेका थिए भने स्वागत मन्तब्य अमृत शाहीले राखेका थिए ।

More News last news
Loading...