काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित् भएको छ।
आजको बैठकमा शोक प्रस्ताव पारित गरेको थियो। बैठक सुरु भएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले शोक प्रस्ताव वाचन गरेका थिए।
बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको हो। आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिएको थियो।
त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठक बस्नुअघि नै संसद् भवन पुगेका थिए। तर, बैठक बस्न ढिला हुने थाहा पाएपछि केही बेर बसेर बाहिरिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
