आज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

अघिल्लो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८५ हजार ६ सय सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

 

More News last news
Loading...