एमाले र माओवादी अलग भएपनि मन विशाल छः माधव नेपाल

काठमाडौँ । प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै नेता माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन्।

बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले एमाले र माओवादी अलग भएपनि आफ्नो मन विशाल रहेका बताएका हुन्। उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ। अनौपचारिक छलफल भइराख्छ।’

Advertisement

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए।

More News last news
Loading...