माधव नेपाल समूह एमालेमै, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

काठमाडौँ । साविकको नेकपा दाहाल नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसला मानेर अलग अलग जाने बताएका छन्।

सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको अनौपचारिक बैठकबाट बाहिरिएका खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका हुन्।

Advertisement

‘सर्वोच्च अदालतले जुन फैसला गर्‌यो यो राजनीतिक फैसला हो। यसले मुलुकको राजनीतिकमा गम्भीर नकारात्मक स्थिति सिर्जना गरेको छ। तर पनि अदालतले गरेको निर्णयलाई लागू गर्छौं,’ नेता खनालले भने, ‘अब एमाले र माओवादी केन्द्र भइयो। त्यहीँ संघर्ष गर्छौं।’

बैठकमा अन्य नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको नेता खनालले बताए। आफूहरु एमालेमै रहेर संघर्ष गर्ने पनि उनले बताए।

More News last news
Loading...