आइतबारदेखि नारायणगढ-मुग्लिन सडकखण्ड दिउँसोको समयमा बन्द हुने

चितवन । पहिरो नियन्त्रणको काम पुरा गर्न नारायणगढ मुग्लिन सडक आइतबारदेखि दिउँसोको समयमा फेरि बन्द हुने भएको छ।

नाराययागढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार आइतबारदेखि आउँदो शनिबार फागुन २९ गतेसम्म यो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने छ। एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका गाडी भने चल्न दिइने छ।

Advertisement

कालिखोला चार किलो नजिक पहिरो नियन्त्रणको काम पुरा हुन सकेको छैन। सोही ठाउँमा काम गर्न सडक बन्द गर्न लागिएको हो।

भिरमा अड्केका ढुंगा, माटो र खस्ने सम्भावना भएका सबै पदार्थ झारेर सकेपछि बल्ल पहिरो नियन्त्रणको काम गर्नु पर्ने हुन्छ। गाडी खुला राखेर यो काम गर्न सम्भव हुँदैन।

More News last news
Loading...