धनगढीको फर्निचर उद्योगमा आगलागी, करिब पाँच करोडको क्षति

काठमाडौँ । कैलालीको धनगढीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर–४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो।

Advertisement

फर्निचर उद्योगसँगै रहेको शोरुममा मध्यान्ह करिब १२ बजेतिर आगलागी सुरु भएको थियो भने करिब दुई घण्टापछि नियन्त्रणमा आएकोे छ।

धनगढी उपमहानगरपालिकाका दुईवटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले आगो निभाएका थिए।

आगलागीबाट करिब पाँच करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। प्रहरीले भने क्षतिको विवरण खुलाउन बाँकी छ।

आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

More News last news
Loading...