सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको छ।

आज अपरान्ह राष्ट्रियसभामा आयोजित समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन्।

Advertisement

हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी थिए।

तीन बुँदे सम्झौतामा सरकार र नेकपा विप्लव समूहले हस्ताक्षर गरेका हुन्। विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनेसहित सहमति भएको उल्लेख छ।

सरकार र नेपाल कम्युनिस्ट पार्टी वार्ता तथा सहमतिबाट अगाडि बढ्ने सहमति भएको, शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न सहमत भएको छ, सरकारले प्रतिबन्ध फुकुवा गर्नुका साथै नेकपा विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता गर्ने विषय सम्झौतामा उल्लेख छ।

शान्ति सम्झौताका लागि लामो गृहकार्य भएको जानकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्री ओलीका परराष्ट्र मामला सल्लाहकार डा राजन भट्टराईले जानकारी गराएका थिए।

सहमति पत्र

१) दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं।

२) नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ।

३) नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

More News last news
Loading...